तपाईँ सुन्दै हुनुहुन्छः

झापामा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिहरू चयन

भद्रपुर, झापा । झापा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत झापाका ५ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणामाअनुसार झापा निर्वाचन क्षेत्र नम्बर १ मा इन्द्रबहादुर बुढाथोकीले जीत हासिल गर्नुभयो । उहाँले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्नुभएको हो ।

झापा क्षेत्र नम्बर २ मा खगेन्द्र मैनाली निर्वाचित हुनुभएको छ । झापा क्षेत्र नम्बर ३ मा गणेश पोखरेल निर्वाचित हुनभयो । पोखरेलले आफ्ना प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई भारी मतान्तरले पराजित गर्नुभयो ।

क्षेत्र नम्बर ४ मा जयनारायण शाह निर्वाचित बन्नुभएको छ । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईँलाई पराजित गर्नुभयो । क्षेत्र नम्बर ५ मा ढुण्डीराज भण्डारी निर्वाचित बन्नुभएको छ । भण्डारीले रोशनकुमार गौतमलाई भारी मतान्तरले पराजित गर्नुभयो ।

परिणाम अनुसार क्षेत्र नं २, ३ र ४ मा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट उम्मेदवार विजयी बन्नुभएको छ भने १ र ५ मा प्रवक्ता विश्वप्रकाश शर्मा निकट उम्मेदवारले विजय हासिल गर्नुभएको छ ।

झापाबाट झण्डै एक सय जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको नेपाली कांग्रेस झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button