तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालत परिसरमा धर्ना र विरोधको कार्यक्रम जारी

file photo

काठमाडौँ । नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना र विरोधको कार्यक्रमलाई जारी राखेको  छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्चमा धर्ना दिँदै आएको बारले आगामी ९ गते बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म हुने मार्चपासमा सहभागी हुने जनाएको छ । 

सर्वोच्च परिसरमा राखेको धर्ना कार्यक्रमपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत सहभागी हुने जानकारी दिनुभयो । 

अध्यक्ष श्रेष्ठले बारको अगुवाइमा भोलि देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम राखिएको समेत बताउनुभयो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सत्तामा भाग खोजेर न्यायिक गरिमा कायम गर्न नसकेको भन्दै नेपाल बार आन्दोलनमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button