तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरा काँग्रेसको सभापतिमा साउँद प्यानलसहित निर्वाचित

डडेलधुरा ।  नेपाली काँग्रेस डडेलधुराको सातौँ जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् । 

सभापतिका प्रत्याशी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउद सभापतिमा विजयी भएका हुन । साउदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

यसै गरी उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी भने निर्विरोध निर्वाचित भएका छन् । दुई सचिवका लागी भएको निर्वाचनमा तिन जनाको उम्मेदवारी परेको थियो । हेमराज चटौत,शेरबहादुर भण्डारी निर्वाचित भएका छन् भने चेतराज भट्ट पराजित भएका छन् । यसै गरी सह सचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा प्रेमबहादुर महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका हुन । 

यसैबीच सर्वसम्मत निर्वाचित हुनेहरूमा खुला सदस्यमा अमरगढी नगरपालिका बाट दुर्लभ सिंह झुकाल, हरि प्रसाद अवस्थी र विस्नादेवी गैराल, परशुरामन गरपालिकाबाट अर्जुन सिंह साँउद, दलबहादुर साँउद र बसन्ती देवी पाण्डेय, आलिताल गाउँपालिकाबाट प्रेम बहादुर पातली र गोमती देवीबोहरा, भागेश्वर गाउँपालिकाबाट उपेन्द्र जोरा र शान्तीदेवी जैशी, अजयमेरु गाउँपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द, नवदुर्गा गाउँपालिकाबाट नरबहादुर विष्ट र उत्तरा रोश्यारा, गन्यापधुरा गाउँपालिकाबाट चन्द्रादेवी विष्ट रहेका छन् ।

यसै गरी महाधिवेशन प्रतिनिधिमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु देउवा राणा भने निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरि महिला सदस्यहरूमा कलापती बोहरा, कौशिला भट्ट र सरस्वती खड्का पनि निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।  पुरुष खुल्ला तर्फ भने महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको छ ।  

खुल्ला पुरुष महाधिवेशन प्रतिनिधिका लागी १० जनाको कोटा भएपनि २१ जनाको उम्मेदवारी परेको थियो । महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढा ऐर, नवलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुवर भट्ट र सुरेशराज जोशी विजयी भएका छन् ।  

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले दिएको जानकारी अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको जनाएको छ । विवादका बीचमा भएको जिल्ला अधिवेशनमा काँग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्ल सहितका बहुमत सदस्यहरूले अधिवेशनमा भाग लिएका छैनन् । सदस्यता विवादलाई समाधान नगरी अधिवेशन गरिनु हुन्न भन्दै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मल्ल सहितका नेताहरू अनसन बसिरहेकै बेला जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button