सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये १० को अधिवेशन सम्पन्न दुईको आज हुँदै

सिन्धुपाल्चोक।नेपाली कांग्रेस सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये १० स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ भने दुईको आज हुँदै छ । सोमबार काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको काँग्रेसको अधिवेशनले कतै सर्वसम्मत कतै निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेको छ ।
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये २ स्थानीय तहमा सर्वसम्मत भएको छ भने १० स्थानीय तहमा निर्वाचन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकामा इन्द्रलोचन धिताल र जुगल गाउँपालिकामा सगुन श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत भएको छ ।
सुनकोशी गाउँपालिकामा भएको निर्वाचनमा रुपकाजी लामा ४९ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगन्नाथ कार्कीले ४५ मत प्राप्त गर्नुभयो ।
भोटेकोशी गाउँपालिकामा देविबहादुर बुढोथोकी ५५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी मुके शेर्पाले १३ मत प्राप्त गर्नुभयो ।
बलेफि गाउँपालिकामा झनक तिमल्सिनालाई पछि पार्दै रामकुमार लामा विजयी हुनुभएको छ ।
यस्तै, बाह्रबिसे नगरपालिकामा शम्भु तिमल्सिना विजयी हुनुभयो । तिमल्सिनाले रमेश तामाङलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ ८१ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी समीर लामाले २१ मत पाउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सुर्यबहादुर अधिकारीलाई पराजित गर्दै प्रेम दोङ विजयी हुनुभएको छ।
हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी ७९ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सन्च तामाङले ४५ मत प्राप्त गर्नुभयो ।
मेलम्ची नगरपालिकामा वसन्त गुरुङ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी प्रकाश दाहाललाई पराजित गर्नुभएको हो । स्थगित भएको इन्द्रावती र लिसङखुपाखर गाउँपालिकामा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्