तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुमा आगलागी हुँदा तीन बालकको मृत्यु

सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिका वडा नं. ७ सुर्सिङ गाउँ झाक्रिटोल निवासी सञ्च तामाङको गोठमा आगलागी हुँदा तिन बालकाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सञ्च तामाङको छोरा वर्ष ६ को मनोज तामाङ, सोही गाउँका सुकमान तामाङको छोरा वर्ष ५ को मनिष तामाङ र सोही गाउँका साइँला तामाङको छोरा वर्ष ५ को दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

ढुङ्गा , माटो र टिनले छाएको एकतले गोठमा हिजो साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किदा आगलागी भएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button