तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक मङ्गलवार बस्ने गरी स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको थियो । 

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटका लागि बोलाइएको बैठक मङ्गलवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उक्त बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।  

file photo

एमालेको यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ ।  यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button