तपाईँ सुन्दै हुनुहुन्छः

सब–इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वसुन्धरा, काठमाडौँमा कार्यरत सब–इन्जिनियर दीपेन्द्र कुमार के.सी.विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इन्जिनियर के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगको टोलीले इन्जिनियर के.सी. लाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । के.सी.माथि भ्रष्टाचार निवारण ऐनअनुसार बिगो दुई लाख कायम गरी जरिबाना र कैद सजाय माग गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button