तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको काँग्रेस जिल्ला सभापतिमा सिंह सर्वसम्मत निर्वाचित

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

सिंहको नेतृत्वमा ५१ जना जिल्ला कार्य समिति चयन भएको हो । सभापति सहित सम्पूर्ण जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सूर्यबहादुर शाहले जानकारी दिनुभयो । 

जिल्ला उपसभापतिमा खड्क बिसी र रत्न खड्का, सचिवमा हरिश्चन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित हुनुभएको छ । सह–सचिवमा खड्क बिसी र छवि पन्त चयन भएका छन् । कोषाध्यक्ष पछि मनोनित गरिनेछ । 

त्यस्तै नगरपालिकाबाट तीन जना र गाउँपालिकाबाट दुई जना सदस्य समेत सर्वसम्मत निर्वाचित हुनुभयो । 

पार्टीलाई थप बलियो बनाउन सर्वसम्मत नेतृत्व चयन गरिएको सभापति सिंहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button