तपाईँ सुन्दै हुनुहुन्छः

परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

काठमाडौं । नेपाल परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको तेस्रो महाधिवेशनले ढकालको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोषकुमार पौडेल महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी,रुपसिंह भण्डारी, मनोज कुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोक कुमार चौधरी, कोषाध्यक्षमा गोविन्दनाथ मिश्र, सहकोषाध्यक्षमा बुद्धिमाया पुन मगर निर्वाचित हुनुभयो ।

महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको विषयलाई पारित गरेको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गनुपर्नेमा परिवार दलको जोड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button