तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामा नवसिर्जना मेला

काठमाडौं ।अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दै छ । यही मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन अभ्यासबारे छलफल गर्नेछन् ।

विद्यालयको कक्षाकोठा रूपान्तरणका लागि सङ्गीत, विद्यार्थीका विविध आवश्यकताको सम्बोधन, सिकाइका साधनको रुपमा पठन र लेखन, विद्यार्थीका जिज्ञासाको प्रोत्साहन र कक्षाकोठाको सान्दर्भिकताजस्ता विषयमा छलफल पनि गराइने दूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button