तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद मन्त्रालयले हटायो परिषद्का ९ जना बोर्ड सदस्य

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषद्का ९ जना बोर्ड सदस्यहरूलाई हटाएको छ ।

खेलकुद मन्त्रालयले शुक्रवार ९ जना बोर्ड सदस्यलाई हटाउने निर्णय गरे पनि आइतबार मात्र राखेपमा पत्राचार गरी जानकारी गराएको हो । 

मन्त्री स्तरीय निर्णयअनुसार राखेपको बोर्ड सदस्यबाट हटाइएका ९ जना सदस्यमा रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, गोपाल खनाल, गोविन्दप्रसाद भट्टराई, रिम रानाभाट, इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसी रहेका छन् ।

उनीहरूलाई हटाउनुअघि मन्त्रालयले कार्तिक २८ गते आइतबार तीन दिनको समय सीमा तोक्दै स्पष्टीकरण माग गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button