कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेललाई मातृ शोक, प्रधानमन्त्रीद्वारा दुख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकी माता खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आज ग्रिनसिटी अस्पताल सामाखुशी, काठमाडौँमा उपचारका क्रममा निधन भएको छ ।
काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल सहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
उहाँको आजै बेलुकी ६ः०० बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्