प्रधान सेनापति शर्मा निरीक्षण भ्रमणमा

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सुर्खेतस्थित श्री पश्चिम कमाण्ड हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको दौरान वहाँले कमाण्ड हे.क्वा.मा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समय सीमासहित कार्यान्वयन योजना, प्रदेशहरूसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्था लगायतका विषयहरूमा जानकारी हासिल गर्नुका साथै सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । भ्रमणको क्रममा प्रधान सेनापति शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल समेत गर्नु भएको थियो ।

तीन दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति शर्माले कालिकोटस्थित श्री शम्शेर गुल्म, हुम्लास्थित श्री बराह दल गुल्म र मुगुस्थित श्री श्रीबक्स गुल्मको निरीक्षण तथा मङ्सिर ०७ गते जुम्लास्थित श्री नं.२४ बाहिनी अड्डा र डोल्पास्थित श्री रामवाण गुल्मको निरीक्षण भ्रमण गरी काठमाडौँ फिर्ता हुने योजना रहेको सेनाले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्