गरिबिको उन्मुक्तिबाट मात्रा खेलाडी र खेल क्षेत्रको विकास हुन्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबिको उन्मुक्तिबाट मात्रा खेलाडी र खेल क्षेत्रको विकास हुने बताउनुभएको छ ।
नेपाल खेलकुद महासङ्घले आयोजना गरेको खेल नीति सम्बन्धी सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले खेलाडीहरूप्रति राज्यले कम लगानी र मिहेनेत गरेको तर प्रतिफल भने ठुलो खोजेको बताउनुभयो ।
युवा मात्र नभएर बालबालिकादेखि वृद्ध वृद्धसम्मलाई खेलप्रति लाग्न खेलाडीहरू अभियन्ताका रुपमा लाग्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
राजनीतिक रुपमा युवाहरू जता भए पनि खेलकुद महासङ्घले समान आँखाले हेर्दै युवाहरूलाई खेलमा प्रोत्साहन गरी अगाडि बढाउनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले नेपालीहरूलाई खेल्न भौगोलिक वातावरणले सहयोग गरेकाले खेललाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्ने जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्