आज देशभर २ सय ३८ जनामा कोरोना संक्रमण
काठमाडौँ । आज देशभर २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
९ हजार १ सय २३ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ३ सय ७० संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
कोरोना संक्रमण कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९६ पुगेको छ ।
हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्