तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिणाममा लागु औषधसहित एक पक्राउ

बीरगंज । पर्सा प्रहरीले ठूलो परिणाममा भारतबाट भित्र्याइएको अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । 

ना४५प ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिष्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका पर्साको धोबिनी गाउँपालिका–२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई १ हजार ३ सय ५० थान (एम्पुल) लागू औषधसहित भिष्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

साहले चलाएको मोटरसाइकलबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०/४५० थान गरी १ हजार ३ सय ५० थान लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

साहसँगै मोटरसाइकलको पछाडि बसेका अर्का एक युवक भने भाग्न सफल भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button