बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुष र गढवा ७ दाङकी ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४१ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ३३ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्