कांग्रेस महाधिवेशन : भोजपुरका प्रदेश ‘ख’ मा सर्वसम्मत, ‘क’ मा निर्वाचन

भोजपुर। नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भोजपुरको प्रदेश ‘ख’ मा सर्वसम्वतरुपमा नेतृत्व चयन भएको छ भने प्रदेश ‘क’ तर्फ निर्वाचन मार्फत नेतृत्व चयन भएको छ ।
प्रदेश ‘ख’ तर्फ मदन खुलालको नेतृत्वमा प्रदेश समिति बनेको हो । समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिव बिनम श्रेष्ठ, निम्नुरी शेर्पा, सहसचिव प्रलाद थापा, बिशुराम राई र सदस्यमा स्मृति कार्कीलाई चयन गरिएको छ । अन्य १७ जना भने विभिन्न कोटाबाट प्रदेश प्रतिनिधिमा चयन भएका छन् ।
प्रदेश ‘क’ तर्फ भने सर्वसम्मत हुन नसके पछि सदरमुकामको स्थानीय टुँडिखेलमा मतदान भएको थियो । आइतबार बिहान सकिएको मतगणना अनुसार सभापतिमा सरोज बस्नेत २ सय ९९ मत सहित विजयी भएका २ सय ९९ मत सहित विजयी हुनु भएको छ भने प्रत्यासी देवन्द्र राईले १ सय ५७ मत र अर्का उम्मेदवार नगेन्द्र खत्रीले ७५ मत ल्याउनुभयो ।
अन्य पदहरूमा समेत निर्वाचन भएको थियो । कुल १ हजार ४ सय ४० प्रतिनिधि मध्ये प्रदेश ‘क’ मा करिब साढे ६ सय मतदाता थिए ।








प्रतिक्रिया राख्नुहोस्