सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी थाल्न मन्त्री बडूको निर्देशन

धनगढी । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी थाल्न निर्देशन दिनुभएको छ ।
धनगढीमा बसेको अधिवेशन मूल आयोजक समितिको बैठकमा उहाँले प्रदेश अधिवेशनलाई सफल बनाउन अहिले देखि नै तयारीमा लाग्नु पर्ने बताउनुभयो ।नेपाली काँग्रेस १४औँ महाधिवेशन सुदूरपश्चिम प्रदेश अधिवेशन मूल आयोजक समितिका संंयाेजक समेत रहेका मन्त्री बडूले प्रदेश अधिवेशन धनगढीमा हुने जानकारी दिनुभयो ।
यसैबिच उहाँको अध्यक्षतामा बसेको समितिको बैठकले पार्टीको प्रथम प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि काँग्रेस कैलालीका सभापति नरनारायण शाहकाे संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ । यसै गरी बैठकले विभिन्न ८ वटा उपसमिति गठन गरेको बैठकमा सहभागी प्रेस युनियनका पूर्व उपाध्यक्ष मनमाेहन स्वाँरले जानकारी दिनुभयो ।
काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुने कार्यतालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्