तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्रमा आज योग शिविर


काठमाडौँ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आध्यात्मिक एवं योग पर्यटनका रुपमा विश्वसामु परिचित गराउनका लागि ब्राण्ड एम्बासिडरको भूमिका लागि आग्रह गर्नुभएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले आज पशुपति क्षेत्रमा आयोजना गरेको योग शिविरमा मन्त्री आलेले स्वामी रामदेवलाई नेपाल सरकारका तर्फबाट अनुरोध पत्र प्रदान गर्दै ब्राण्ड एम्बासिडरको भूमिका लागि आग्रह गर्नुभएको हो ।

मन्त्री आलेले नेपालमा रहेको अमूल्य जडीबुटीबाट औषधि उत्पादन र प्रशोधनको व्यवस्थाका लागि भारतीय योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्णसँग आग्रह गर्नुभयो ।कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण नेपाल र भारतबीच हवाई उडानमा भारतले लगाएको एयर बबल हटेसँगै पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने बताउनु भयो ।

उहाँले कोरोनाका कारण नेपाल र भारतबीचको हवाई उडानमा लागु भएको भारत र नेपालका नागरिकले मात्र हवाई जहाज मार्फत यात्रा गर्न पाउने एयर बबल हटाइएको र दुई देशबिच हवाई उडान थप गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button