तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा काँग्रेसको नयाँ नेतृत्व


भक्तपुर।सत्तारुढ नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भक्तपुरमा शनिबार सम्पन्न प्रदेशसभाका चारै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश समितिका लागि भएको निर्वाचनको गए राति अबेर सम्पन्न मतगणनाबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ क मा प्रदीप कार्की सभापतिमा निर्वाचित हुनुभएको छ । त्यसै गरी २ ख मा सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

निर्वाचन क्षेत्र नंं. १ प्रदेश सभा क सभापतिमा जयन्द्र खड्का तथा ख को सभापतिमा शिव अवाल निर्वाचित भएका छन् ।प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई दुई जना निर्वाचित भएका छन् ।भक्तपुरका चार प्रदेश निर्वाचन क्षेत्रमा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

निर्वाचन क्षेत्र नंं. १ प्रदेश सभा क को उप सभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने विजयी भएका छन् ।सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित भएको काँग्रेस भक्तपुरले जनाएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा खमा उप सभापतिमा राम कुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सृजना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र २ क प्रदेश निर्वाचन क्षेत्रमा उपसभापतिमा शशिकुमार न्यौपाने र भगवान् खत्री निर्वाचित भएका छन् । सचिवमा राजाराम थापा र सुशीला ढुङ्गेल र सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका काँग्रेस भक्तपुरले जानकारी दिएको छ ।निर्वाचन क्षेत्र २ नं.ख प्रदेश सभामा उपसभापतिमा बच्चु कैलाश बुढाथोकी र राजेन्द्र चक्रधर निर्वाचित भएका छन् । सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button