माओवादी केन्द्रको ९५ वडाको अधिवेशन सम्पन्न
सिन्धुपाल्चोक।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले ९५ वटा वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ ।
१०३ वटा वडाहरू रहेको सिन्धुपाल्चोक जिल्लामा हिजो मङ्सिर ४ गते ९५ वटा वडाहरुमा अधिवेशन सम्पन्न भएको जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिनुभयो।
बाँकी रहेका वडाहरूको अधिवेशन विविध कारणले हुन नसकेको र आगामी १० गते भित्र सबै वडाहरुमा अधिवेशन सम्पन्न हुने अध्यक्ष पराजुलीले बताउनुभयो ।
१८ हजार भन्दा बढी सङ्गठित सदस्य रहेको सिन्धुपाल्चोकमा सम्पन्न सबै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको समेत उहाँले जानकारी दिनुभयो ।
उत्सवकै रुपमा सम्पन्न भएको वडा अधिवेशनको माहोल २०६४ सालको भन्दा कम नरहेको समेत उहाँले बताउनु भएको छ ।
उहाँले आगामी ११ गतेहुने पालिकाको अधिवेशनको सम्पुर्ण तयारी सम्पन भएको समेत उहाँले जानकारी दिनुभयो।
एकीकृत समाजवादीको सिन्धुपाल्चोक अध्यक्षमा पौडेल, सचिवमा खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन हुनुभएको छ।
शनिबार चौतारामा बसेको जिल्ला कमिटीको प्रथम बैठकले जिल्ला नेतृत्व चयन गरेको पार्टीको जिल्ला सह–इन्चार्ज सोम सापकोटाले जानकारी दिनुभयो ।
बैठकले उपाध्यक्ष रामजी थापा, सचिव विनोद खनाल, सह–सचिव डिबी थापा, अनिता लामा, कुमाराज घतानिलाई जिम्मेवारी प्रदान गरेको छ।








प्रतिक्रिया राख्नुहोस्