तपाईँ सुन्दै हुनुहुन्छः

२ सय ४२ जना कोरोना सङ्क्रमित थपिए, ४ सय ४४ जना सङ्क्रमणमुक्त

File Photo

 

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख १८ हजार ७ सय ८७ पुगेको छ । 

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ । 

त्यस्तै आज ४ सय ४४ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी,  कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।  योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ । अहिले मृत्युदर १.४ प्रतिशत छ । 

त्यस्तै,  पछिल्लो समय १ लाख ३ हजार २ सय ९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३ सय ३ रहेको छ ।

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button