तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूलाई पत्रकारिता र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान

रोल्पा । ‘सञ्चार, जागरण, नेतृत्व र ज्ञान जानौँ, बुझौँ, अघि बढौँ– सत्प्रयास अभियान’ भन्ने मूल नारा सहित विद्यालयमा पत्रकारिता र नेतृत्व विकाससम्बन्धी सत्प्रयास समूहद्वारा बिद्यार्थीहरुलाई तालिम दिइएको छ ।

रोल्पा नगरपालिका भित्रका बाल उदय माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिताराज आधारभूत विद्यालय, तुलसी आवासीय माध्यमिक विद्यालय, होलिभिजन आवासीय माध्यमिक विद्यालय र बाल कल्याण नमुना माध्यमिक विद्यालयबाट तालिममा ३० जना विद्यार्थी सहभागी थिए ।

विद्यालयमा पत्रकारिता र नेतृत्व विकास तालिमबाट विद्यार्थीहरू उत्साहित भएका छन् । विद्यालय तहमा सैद्धान्तिक शिक्षा सँगसँगै व्यवहारिक कुराहरू पत्रकारिता र नेतृत्व विकास तालीममा सहभागी भएर पढ्न, जीवन उपयोगी ज्ञान हासिल गर्न पाउँदा आत्मविश्वास बढेको र तालिमले पढाइमा थप मद्दत गरेको कक्षा ९ मा अध्ययनरत जानकी बुढामगर र तिलक कुँवरले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button