तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन: झापामा दुई क्षेत्रीय सभापति निर्विरोध निर्वाचित

झापा । सत्तारुढ पार्टी नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत झापामा दुई जना क्षेत्रीय सभापति निर्विरोध भएका छन् भने आठ जना निर्वाचित हुनुभएको छ ।

शुक्रवार सम्पन्न निर्वाचन कार्यक्रम अनुसार झापा क्षेत्र नं १ को प्रदेश ‘क’ को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापतिमा सन्तोष न्यौपाने निर्विरोध निर्वाचित हुनुभयो । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेशसभाको १० वटा निर्वाचन क्षेत्र छन् । अन्य प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।

नेपाली कांग्रेस झापाको प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार क्षेत्र नं २ प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका हुनुभएको हो । 

क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित हुनुभएको छ । त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने निर्वाचित भएको हुमागाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button