टीकापुर साक्षर नगरपालिका घोषणा
कैलाली । कैलालीको टीकापुर नगरपालिकाका साक्षर नगरपालिका घोषणा गरिएको छ ।
६० वर्षभन्दा कम उमेरका ९८ प्रतिशत नागरिक साक्षर भएपछि आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले एक कार्यक्रमबिच टीकापुरलाई साक्षर नगरपालिका घोषणा गर्नुभएको हो ।
साक्षर घोषणा गर्दै मन्त्री खडकाले सबै नगरवासीलाई साक्षर बनाउन सकेकोमा धन्यवाद दिनुभयो ।
नगरप्रमुख तपेन्द्रबहादुर रावलले सरकारले तोकेको मापदण्ड अनुसार साक्षर नगर घोषणा गरिएको र बाँकी निरक्षर र विद्यालयबाहिरका बालबालिकालाई विद्यालयमा भर्ना गरिने बताउनुभयो ।
१३ वटा पालिका रहेको कैलालीमा टीकापुर तेस्रो साक्षर नगरपालिका भएको छ । जोशीपुर र जानकी गाउँपालिका यसअघि नै साक्षर घोषणा भैसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्