तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट चार बालबालिकाको उद्धार

झापा । भारतबाट चार बालबालिकाको उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल फर्काइएको छ ।

भारतको पश्चिम बङ्गालका विभिन्न जिल्लाबाट उद्धार गरिएका ती बालबालिकालाई शुक्रवार आफन्तको जिम्मा लगाइएको छ । उद्धार गरिएकामा उदयपुर, काठमाडौँ, मोरङ र सिन्धुली जिल्लाका २ बालक र २ बालिका छन् ।

दुई बालिका र एक बालक १६ र एक बालक ४ वर्षका छन् । उद्धार गरिएका बालबालिकालाई नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलको नेतृत्वमा आएको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

गैरसरकारी संस्था शहीद वन्दना बालिका स्मृति आवास कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बङ्गाल सिलीगुडीले पश्चिम बङ्गालको कुचविहार, सिलीगुडी, दार्जिलिङ लगायत ठाउँबाट ती बालबालिकाको उद्धार गरी नेपाली महावाणिज्य दूतावास कोलकातालाई जिम्मा लगाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button