प्रेस चौतारी कास्कीको पदाधिकारी सर्वसम्मत चयन

पोखरा । प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा अर्जुन गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
चौतारी कास्कीको संयोजक समेत रहनुभएका गिरीको अध्यक्षतामा ३० सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । जसको उपाध्यक्षमा मोतिसागर अधिकारी, महिला उपाध्यक्षमा बालकुमारी पौडेल, सचिवमा रञ्जन अधिकारी, सहसचिवमा ईश्वर देवकोटा तथा महिला सहसचिवमा उमा आले मगर र कोषाध्यक्षमा जीवन सुवेदी चयन हुनुभएको छ ।
सदस्यहरूमा पुनम थापा मगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, अनिता घिमिरे, अर्पण तिवारी, आशिष पुरी, दीपा पौडेल, अर्जुन थापा मगर, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढा मगर, रेजिना कटुवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सविन रेग्मी, रिजन ढुंगाना,दीपक अधिकारी, दीपेन्द्र शाही,निरज बसौला र शिव बोहोरा चयन हुनुभयो ।

अधिवेशनको नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै गुरुङले समग्र पत्रकारिताको विकास र सुदृढीकरणको लागि प्रेस चौतारी नेपालले आफूलाई सधैँ अग्रपक्तिंमा राख्नुपर्नेमा जोडदिनुभयो । फरक प्रसङ्गमा उहाँले आगामी १० गते हुन गइरहेको नेकपा एमालेको महाधिवेशनबाट सबै पदाधिकारी सर्वसम्मत चयन गर्ने गरी तयारी भइरहेको समेत बताउनुभयो ।
उद्घाटन सत्रमा नेकपा एमाले गण्डकी प्रदेशका संयोजक किरण गुरुङ, पूर्व युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी लगायतले बोल्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्