तपाईँ सुन्दै हुनुहुन्छः

इजिप्टका राष्ट्रपति र बेलायतका राजकुमार चाल्र्सबीच भेटवार्ता

कायरो।  इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि र  बेलायतका राजकुमार चाल्र्सबीच भेटवार्ता भएको छ । 

आतङ्कवाद अन्त्य गर्ने विषयमा उहाँहरू बीचको भेटवार्ता केन्द्रित भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा पनि उहाँहरूले क्षेत्रीय विविध विषयमा छलफल गर्नुभएको उल्लेख गरिएको छ ।   

राष्ट्रपति सिसिले राजकुमार दम्पत्तिलाई अल इत्तिहाडिया प्यालेसमा स्वागत गर्नुभएको पनि वक्तव्य मार्फत जानकारी दिइएको छ ।

“उहाँहरूका बीचमा आपसी चासो, साझा हित, दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको छ, विषेश गरेर आतङ्कवाद र अतिवादका विरुद्धमा संयुक्तरूपमा लड्ने बारेमा छलफल केन्द्रित रहेको थियो,” वक्तव्यमा लेखिएको छ ।

मध्यपूर्वको चारदिने भ्रमणका क्रममा बेलायती राजकुमारको टोली इजिप्ट आएको हो । इजिप्टमा उहाँहरूको दुईदिने भ्रमण रहेको जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button