शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु भएको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज अपराह्नबाट ए डिभिजन लिग सुरु भएको हो ।
उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सात दोबाटो यूथ क्लबबिचको खेल बराबरीमा सकिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको छ ।
नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्