गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेश मन्त्री लुबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेश मन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।
भेटमा सहायक विदेश मन्त्री लुको साथमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले नेपालको कोभिड विरुद्धको लडाइँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिनुभएको थियो ।
उहाँले अमेरिकी सरकारले कोभिडपश्चात् अर्थतन्त्रको पुन उत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भ्रमण गरेकोमा सहायक विदेश मन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाँणले यो भ्रमणले नेपाल र अमेरिका बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्