शिक्षामन्त्री पौडेल नेतृत्वको टोलीद्वारा बोर्ड र केन्द्रको अवलोकन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आज सानो ठिमीमा रहेका राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण एवं अवलोकन गरेको छ ।
त्यस अवसरमा शिक्षामन्त्री पौडेलले कर्मचारीहरूलाई नतिजा आउने गरी ईमान्दारितापुर्वक तथा संस्था सुधार्ने गरी काम गर्न निर्देशन दिनुभयो ।
संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हक व्यवहारमा प्रकट हुने गरी काम गर्नुपर्नेमा उहाँको जोड छ ।
मन्त्री पौडेलले परीक्षा अगावै प्रश्न पत्र बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न पनि बोर्डका कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्री पौडेलले प्राविधिक कुरा मिलाएर नतिजाको शीघ्र प्रकाशनमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
यसैगरी जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुर्याउन मन्त्री पौडेलले निर्देशन दिनुभयो ।
उहाँले आवश्यक परे नयाँ मेसिन खरिदका लागि अर्थ मन्त्रालय मार्फत पहल गरिने बताउनुभयो ।
मन्त्री सहितको टोली समक्ष बोर्डका सदस्य सचिव दुर्गा अर्याल र केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आ–आफ्ना कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्