तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै

कञ्चनपुर । कञ्चनपुरमा नेपाली काँग्रेसको अधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समिति र प्रदेश सभा अधिवेशन प्रतिनिधिहरूका लागि शुक्रवार चुनाव भइरहेको छ । 

कञ्चनपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा निर्वाचन प्रक्रिया अगाडी बढाई प्रतिनिधिहरूले उम्मेदवारहरूलाई मतदान गरिरहेका छन् । केही स्थानमा केही उम्मेदवारहरू भने सर्वसम्मत निर्वाचित हुनुभएको बताइएको छ । 

यही मङ्सिर ६ गते कञ्चनपुरका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय कार्यसमिति र यही मङ्सिर १० गते जिल्ला कार्य समितिका लागि अधिवेशन हुने नेपाली काँग्रेस प्रचार–प्रसार समिति कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button