तपाईँ सुन्दै हुनुहुन्छः

पिकअप दुर्घटना हुँदा एक बालकको मृत्यु, ६ जना घाइते

बागलुङ । बागलुङको बुर्तिबाङमा रोकिराखेको पिकअपभ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । 

दुर्घटनामा जिल्लाको तमानखोला गाउँपालिका–२ घर भएका कृष्ण बि.क.का ८ वर्षीय छोरा जोन सिर्पालीको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो  । 

ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बजारदेखि तारिखेत जाने झोलुङ्गे पुल नजिकै रोकिरहेको ग२च ५९८० नम्बरको पिकअप यात्रुले चलाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णु प्रसाद सापकोटा, ढोरपाटन–५ का ४७ वर्षीय सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीय नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button