तपाईँ सुन्दै हुनुहुन्छः

हावा भर्ने टयांकी विष्फोट हुँदा १ को मृत्यु, १ घाइते

वीरगंज । रौतहटको कटहरिया बजारमा हावा भर्ने टयांकी विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

हावा भर्ने टयांकी विष्फोट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका ग्यारेजका सञ्चालक २० वर्षीय समसुल मियांलाई उपचारका लागि वीरगंज ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते हुने अर्का एक जना समसुलका साथी २५ वर्षीय जैसी यादव रहेको र यादवको हातमा चोट लागेको कारण स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । हावा भर्ने क्रममा टयांकी विष्फोट हुँदा नजिकै रहेको विद्युतको तार समेत चुँडिएको थियो । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button