कैलालीमा काँग्रेसको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन आजदेखि सुरु

धनगढी । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कैलालीमा आजदेखि प्रदेशसभा (निर्वाचन क्षेत्र)अधिवेशन सुरु भएको छ ।
नेपाली काँग्रेस कैलाली प्रचार–प्रसार समितिका अनुसार जिल्लाका सबै १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु भएको छ ।
पार्टीको अधिवेशन अन्तर्गत यति बेला सबै क्षेत्रमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।
प्रदेशसभा अधिवेशनबाट प्रदेश कार्य समिति र प्रदेश महाधिवेशनका लागि प्रतिनिधि चयन हुने समितिका संयोजक नृप सुनारले बताउनुभयो ।
कैलालीमा मङ्सिर ६ गते प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र(क्षेत्रिय) अधिवेशन र मङ्सिर १० गते जिल्ला अधिवेशन हुने कार्य तालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्