तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेश मन्त्री लु बीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हितका विषयमा छलफल भएको र जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकाले नेपालमा काम गर्न चाहेको धारणा सहायक मन्त्री लुले राख्नुभएको बैठकमा सहभागी एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सहायक मन्त्री लुले  अमेरिकी सहयोग एमसीसी पास गर्न सहयोग गर्न  अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको पनि डा. भट्टराईले बताउनुभयो ।

भेटमा अध्यक्ष ओलीले नेपालमा कोभिड–१९ नियन्त्रण र खोप उपलब्ध गराउन अमेरिकाले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभएको र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने बताउनुभएको नेता भट्टराईले  बताउनुभयो ।

यस्तै अध्यक्ष ओलीले एमसीसीका विषयमा सत्तारुढ दलहरूसँग बहुमत रहेकाले आवश्यक निर्णय लिन सक्ने भन्दै यसमा एमालेले समर्थन र विरोध केही पनि नगर्ने जानकारी सहायक मन्त्री लुलाई गराउनुभएको डा. भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button