तपाईँ सुन्दै हुनुहुन्छः

आठ जना डिएसपीकाे एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button