नेपालले वन क्षेत्र विनाशलाई सन् २०३० सम्म शून्यमा पुर्याउने
काठमाडौँ । नेपालले वन क्षेत्र विनाशलाई सन् २०३० सम्म शून्यमा पुर्याउने लक्ष्य साथ तयार गरिएको वन तथा भूउपयोगसम्बन्धी ग्लास्गो घोषणा तथा सफा ऊर्जाका स्रोतलाई प्रवर्द्धन गर्नेसम्बन्धी ‘कोल टु क्लिन इनर्जी’ घोषणामा हस्ताक्षर गरेको छ ।
हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रको २६औँ सम्मेलनमा नेपालको वन व्यवस्थापनबाट प्राप्त हुने उत्सर्जन न्यूनीकरणका लागि वित्तीय सहायता प्राप्त गर्न घोषणामा हस्ताक्षर गरेको हो ।
यसैगरी सम्मेलनमा पेरिस सम्झौताको कार्यान्वयन र विश्वको तापमान वृद्धि नियन्त्रणको लक्ष्य एक दशमलव पाँच डिग्रीमा सीमित राख्ने लक्ष्यलाई निरन्तरता दिन ‘ग्लास्गो जलवायु प्याक्ट’ मा सहमति भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्