तपाईँ सुन्दै हुनुहुन्छः

साफ यु–१९ महिला फुटबल च्याम्पियनसिप : नेपालले आइतबारबाट टिमको प्रशिक्षण सुरु गर्ने

काठमाडौँ । बङ्गलादेशमा आयोजना हुने साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपालले आइतबारबाट टिमको प्रशिक्षण सुरु गर्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यु–१९ महिला टिमको तयारी आइतबारबाट सुरु गर्ने भएको हो । 

साफ यु–१९ महिला च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ । प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् ।

आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलङ्काले प्रतियोगितामा भाग लिनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ । 

राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ । राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button