तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा काँग्रेसको गाउँ तथा नगर अधिवेशनको सरगर्मी तीव्र

जनकपुरधाम  । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनुषाका गाउँपालिका तथा नगरपालिकाको चुनावको सरगर्मी तीव्र बनेको छ । 

धनुषाका केही वडा बाहेक सबै वडाहरूमा वडाहरू अधिवेशन सम्पन्न भएपछि अहिले नगर तथा गाउँ अधिवेशनको सरगर्मी तीव्र बढेको छ ।

गाउँ अधिवेशन तथा नगर अधिवेशन सर्वसम्मत गर्नका लागि विभिन्न निर्वाचन क्षेत्रमा कार्यदल नै बनाएर परिचालन गर्ने गरिएको छ । 

चार निर्वाचन क्षेत्रमा विभिन्न ४ वटा कार्यदल बनाएर सर्वसम्मत नेतृत्व चयन गर्नका लागि नेता परिचालन गर्ने काम भएको नेपाली काँग्रेस धनुषाका उपसभापति सन्तोष यादवले जानकारी दिनुभयो  ।

धनुषा जिल्लामा रहेका १८ पालिका मध्ये सर्वाधिक चर्चामा जनकपुरधाम उपमहानगरपालिका रहेको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व लिनका लागि नेताहरू आकांक्षीको रुपमा अगाडि देखिएका छन् ।

जनकपुरधाम नगर समितिको सभापति पदका लागि त्रिपक्षीय भिडन्तको अवस्था रहेको छ । 

नगर सभापतिका लागि वर्तमान नगर सभापति मनोज साह, पूर्व नगरप्रमुख बजरंगप्रसाद साह र युवा नेता राकेश विक्रम साहको चर्चा रहेको छ । 

तीनै जनाले नगर सभापति पदमा उम्मेदवारी दिने पक्का भएको छ । अहिले नेताहरू आ–आफ्नो पक्षमा मतदाता तान्नका लागि लागि परेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button