तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थ सम्बन्धी समन्वय बैठक सम्पन्न

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीमा पेट्रोलियम पदार्थ सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । 

बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको  कार्यकक्षमा पेट्रोलियम पदार्थको आपूर्ति र उपभोक्ताको हितबारेमा बैठकमा छलफल भएको छ । 

बैठकमा नेपाल आयल निगमको १ नं. प्रादेशिक कार्यालय, विराटनगर, पेट्रोलियम डिलर एसोसिएसनको प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

संयुक्त समन्वय बैठकले पेट्रोलियम पदार्थको सहज आपूर्ति, अनाधिकृत ओसार पसार, गुणस्तर र परिमाण सम्बन्धी नियमन, आपसी समन्वय सम्बन्धी विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button