प्रतिगामी तत्वले संविधान मास्न खोजिरहेका छन् : मन्त्री श्रेष्ठ

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले प्रतिगामी तत्वले अहिले संविधान मास्न खोजिरहेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले मुलुकमा अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेको बताउनुभयो ।
प्रतिगामी तत्वले संविधानमाथि पटक–पटक हमला गरिरहेको भन्दै प्रतिनिधिसभा विघटन गरेर दुई–दुई पटक संविधानलाई मृत शय्यामा पुर्याउने काम भएको उल्लेख गर्नुभयो ।
ठाउँ पाउँदा फेरी पनि संविधान विरोधी तत्त्व अगाडी आउन सक्छन् भन्दै उहाँले सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले राष्ट्र हित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले उपत्यकामा रहेका स्ववासीहरूले खेपिरहनुपरेको समस्यालगायत हलीया र कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको बताउनुभयो ।
उहाँले जनतालाई सही सूचना सम्प्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्