थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ । आज देशभर थप २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार १ सय ५१ नमुनाको परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज २ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
त्यस्तै, कोरोना भाइरसको सङ्क्रमणका कारण आज ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभर ७१ हजार ८ सय ९२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।









प्रतिक्रिया राख्नुहोस्