तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतमा देखिएको समस्या चाडै समाधान हुन्छ : अध्यक्ष नेपाल

धनगढी  । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या चाडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । 

आज धनगढीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले पाँच दलीय सत्ता गठबन्धनले राम्रो वातावरणमा अदालतको समस्या समाधान होस् भन्ने चाहेको बताउनुभयो । 

अध्यक्ष नेपालले यसअघि धनगढी उपमहानगरपालिका ३ मा रहेको नेकपा एस सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गर्नुभयो ।

त्यस क्रममा अध्यक्ष नेपालले  नेकपा एसप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई सुदृढ बनाउन सबै नेता कार्यकर्ता अघि बढ्नुपर्ने बताउनुभयो । 

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि अध्यक्ष नेपाल धनगढी आइपुग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button