तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, १९ घाइते

उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका ९ गैरुन बस्ने बर्ष ४० को बौका सदा रहेका छन् । 

मजदुर बोकेको गाईघाटबाट रुपाटारतर्फ जाँदै गरेको प्र.नं.२–०१–००१ त १०८३ नम्बरको ट्याक्टर उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीस्थित मदन भण्डारी राजमार्गमा घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

ट्याक्टरमा सवार अन्य १९ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।  

दुर्घटनामा मृतकका श्रीमती वर्ष ४० की नारायण वत्ती सदा, गैरुनकै वर्ष १६ की सुकुन सदा र त्रियुगा–१० करमगाछि का २० वर्षीय दिवस सार्की गम्भीर घाइते भएका छन् । उनीहरूको खट्टा, शरीरको विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको बताइको छ भने बाँकी घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।  
ट्याक्टरमा चालकसहित २० जना मजदुर सवार थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button