प्रधानन्यायाधीशले बोलाउनुभयो फुलकोर्ट बैठक : असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको हो । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ ।
आज बस्ने फुर्कोट बैठकमा यसअघि प्रधानन्यायाधीश जबराले बोलाउनुभएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएपछि उहाँहरु बैठकमा उपस्थित हुन तयार हुनुभएको हो । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने बताउँदै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्