ह्वावे कनेक्ट २०२१ : नेपालमा प्रविधिको विकास र सम्भावनाबारे छलफल

काठमाडौं । दूरसञ्चार कम्पनी ह्वावे नेपालले नेपालमा प्राविधिकाे विकासका सम्भावनाहरूबारे छलफल गर्न आफ्नो वार्षिक कार्यक्रम “ह्वावे कनेक्ट २०२१” आयोजना गरेको छ ।
काठमाडौंको जेडब्लु मेरियट होटलमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हुवावे एसिया प्यासिफिकका उपाध्यक्ष तथा ह्वावे नेपाल बोर्डका अध्यक्ष जाङ जेङजुनले डिजिटल प्रविधि र कनेक्टिभिटी सबैका लागि आवश्यक भइसकेको र उन्नत कनेक्टिभिटीले कोभिड १९ महामारी पछिको आर्थिक सुधार र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
“मलाई प्रविधि विकास गर्ने नेपालको क्षमतामा प्रति ठूलो विश्वास छ र नेपालले यस क्षेत्रको डाटा सेन्टर हबको रूपमा विकास गर्ने आशा राखेको छु,“ जाङले बताउनु भयो ।

यसैबीच ह्वावेले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ)सँग औपचारिक रुपमा सहकार्य सुरु गरेको छ । मंगलबार आयोजित कार्यक्रममा आइओईका कार्यवाहक डीन प्रा. डा. चिन्तामणि पोखरेल र ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम जाङले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, टेलिकम र आईएसपी क्षेत्रका आइसिटी उद्योग क्षेत्रका सरोकारवालाहरू, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल सोलार पावर, क्लाउड सर्भिस र फाइभजीजस्ता प्रविधिका व्यावहारिक प्रयोगहरूबारे छलफल भएको थियो।








प्रतिक्रिया राख्नुहोस्