तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन विकासले समृद्धि हासिल गर्न सकिन्छ: नेपाल

डोटी । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सके छिटो समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।  

डोटीको प्रसिद्ध धार्मिक स्थल बडीकेदारमा आज आयोजित सभामा अध्यक्ष नेपालले सुदूरपश्चिममा बडीकेदार जस्ता तमाम धार्मिक तथा ऐतिहासिक स्थलहरू रहेको र ती क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकारले यथोचित काम गर्नुपर्ने बताउनुभयो । 

File photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले  विशेष महत्त्वका साथ काम गर्न सुझाव दिनुभयो । 

मन्त्री आलेले बडीकेदार क्षेत्रको विकासलाई वर्तमान सरकारले महत्त्वका साथ लिएको बताउँदै त्यसका लागि गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो । 

अध्यक्ष नेपाल र मन्त्री आले सम्मीलित टोलीले आजै डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध मन्दी शैलेश्वरीको पनि भ्रमण गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button