अदालतमा देखिएको समस्या समाधानका लागि पत्रकार महासङ्घको अपिल
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले विगत केही समयदेखि सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि संसद्, सरकार र राजनीतिक दललाई आवश्यक पहल र अग्रसरताको लागि अपिल गरेको छ ।

महासङ्घले मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जन निर्वाचित संसद्, सरकार र राजनीतिक दलहरूको मौनताप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पुर्याउन आग्रह गरेको छ ।
विज्ञप्तिमा महासङ्घ नेपाल बार एसोसिएसनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्